गणेश कुमार श्रेष्ठ
हेटाैडा-४ चिल्ड्रेनपार्क
शनिवारकाे दिन चिल्ड्रेनपार्क घुम्न आउनेकाे भिड थियाे। धेरै अभिभावकहरू आफ्ना बालवच्चा सहित आएका थिए । चिप्लेटी, पिङ, राेटे पिङ, ढिकिच्याउ आदि खेल्न खेलाउन व्यस्त देखिन्थे । जगत घरकाे बार्दलीमा बसेर रमिता हेरि रहेकाे थियाे ।
भिडमा युगल जाेडीहरू पनि देखिन्थे । पार्कमा प्रेमी प्रेमिका आउनु स्वभाविकै हाे । एउटा जाेडी सिमेन्टेड बेन्चमा बसेर एकअर्का आलिङ्गनरत थिए। क्रमश:तिनीहरूकाे अश्लिल हर्कतले वरिपरि बस्नेलाई पचाउन असहज बन्दै थियाे। जगतलाई त्याे दृश्य देखेर असह्य भयाे र पार्कमा गयाे ।
जगतले युगल जाेडीलाई सम्बोधन गर्याे- “के हाे तिमीहरूकाे पारा ? के गरि रहेछाै? सरम भन्ने चिज छैन?” एकै सासमा भन्याे।
केटाले जवाफ फर्कायाे – ” पार्कमा बस्न पनि नहुने अन्कल? हामी प्रेमी प्रेमिका हाैँ। यसाे रिल्याक्स गर्न पनि नहुने ?”
जगत- “हुन्छ । पार्कमा सबै आउनु हुन्छ। तर तिमीहरूकाे खुलेआम अश्लिल हर्कत पाच्य भएन । त्यसैले सम्झाउन आएकाे छु।”
केटीले मुख लुकाउँदै भनी- “हस अन्कल हामी जान्छाैँ ।” प्रेमीलाई जाउ भनी तान्न थालिन ।
जगतले भन्याे-” नानी तिमीहरू उमेर हेर्दा यस्ताे क्रियाकलाप गर्ने बेला हाेईन। जीवन बर्वाद हाेला हाेस गर।”
आफ्ना छाेरा छाेरीले के गरिरहेका छन ? काे सँग कता जान्छन ? अभिभावकले बेलैमा चनाखाे नभए पछि पछुतायर के फाईदा ?
बालबालिकाहरूमा सुसंस्कार सिकाउने दायित्व परिवार कै हाे। संस्कार हिनता कसले रूचाउछ र ?