म शिक्षक घनश्याम
मेरो छोरी पढ्नमा धेरै बाठी छिन, जहिले कक्षामा टप हुन्थिन्। +2 मा राम्रो नम्बर ल्याएपछि उनले भनिन् बाबा म काठमाडौंमा गएर पढ्न चाहन्छु।
छोरीको कुरालाई विश्वास गरेर मैले उनलाई काठमाडौं गएर पढ्नको लागि स्वीकृत दिएँ, तर उनको आमाले जहिले पनि भन्ने गर्थिन गाउँको स्कुलमा १२ पास गरेकी हाम्रो छोरी काठमाडौँमा गएर पढ्न पाउँछे कि पाउँदिन।
उनको कुरालाई मैले काटेर भन्ने गर्थे, जबसम्म काठमाडौँ जाँदिन भने हामीलाई कसरी थाहा हुन्छ पढ्छे कि पढ्दिन भनेर।
जब काठमाडौँ गइ कलेजमा जाँदा उनको कलेजको तर्फबाट कुनै होस्टेल थिएन, र छोरी एउटा प्राइभेट होस्टेलमा बस्न थालिन।
केही दिनपछि छोरीले भनिन् कि त्यहाँ पढ्ने माहोल भएन, त्यसपछि मैले र श्रीमतीले निर्णय गर्यौँ कि थोरै मिहिनेत गरौँला छोरीलाई एउटा भिन्दै फ्ल्याट वा कोठा खोजेर राख्नुपर्छ।
जसोतसो गरेर मैले तीन कोठा भएको एउटा फ्ल्याट मिलाए, बिस्तार-बिस्तारै त्यसमा सबै सामान जस्तै: कार्पेट गलैँचा पलंग सिरक डस्ना किचनर्याक सोफा फेन कम्प्युटर पढ्नको लागि टेबल राख्दिएँ।
लगभग आठ महिनापछि छोरीलाई भेट्न उदयपुरबाट लिची आँप भूइकटर, चालम घ्यू मह लिएर छोरीको फ्ल्याटमा गए, मलाई थाहा थियोे कि उनको साथीहरू केटा र केटी दुबै बराबर छन् भनेर। तर मलाई आफ्नो छोरीमा विश्वास थियोे, प्राय; छोरीका साथीहरू उसँग पढ्न आउने गर्थे, किनकि मेरो छोरी पढ्नमा निकै बाठी थिइ।
तर एकदिन उनको केटा साथी पढनलाई आउँछ र छोरी उसँग पढ्नलाई अर्को कोठामा जान्छिन, मलाई लाग्यो दुबैजना पढ्दै छन् उनीहरुलाई तातो-तातो कफी बनाएर लगिदिऊँ।
सोध्नको लागि उनीहरुको कोठामा ढोका खोलेर जान लागेको मात्रै के थिएँ, त्यहाँ हेर्दा उनीहरु एकअर्कालाई अंगालो हालेर चुम्बन गरिरहेका थिए..।
मलाई देख्ने बित्तिकै छोरीले केटोलाई हुत्याइदिई र केटो आत्तिएर उभियो..।
मलाई आत्मग्लानी भयो, यो सोचेर कि यो मैले के देखेँ, मैले शिर झुकाउँदै Sorry भनेर बाहिर आएँ। मभित्र रिस पनि थियोे र आत्मा ग्लानी पनि।
मैले बुझ्न सकिरहेको थिइन हुर्कदै गरेकी छोरीको निजिपनलाई देख्नु सही हो वा गलत, र मेरो मनमा रिस पनि थियोे कि जुन छोरीमा आँखा चिम्लिएर विश्वास गरेको थिएँ भने ऊ चाहिँ कोठामा केटोलाई ल्याएर यस्तो गर्कत गर्दै थिइ । यो होइन कि
उसको आफ्नो जीवन पनि थियोे त्यसमा मलाई रिस भन्दा बढी ग्लानी पनि भैरहेको थियोे।
त्यही बेला रिसले रातोपिरो हुँदै छोरी कोठामा आउछे र भन्छे बुबा यो के तरिका हो तपाईँको ?
के तरिका हो तपाईँको ? म उसको कुरा सुनेर हैरान भएँ।
छोरीले भनी तरिकाको मत्लब कसैको कोठामा आउनु अगाडि बाहिरबाट ढोकामा औलाले ढ्वाक-ढ्वाक पार्नुपर्छ र भित्रबाट आउनुस भनेपछि मात्रै ढोका खोलेर आउनुपर्छ यो बिर्सिएक कुरा हो भनिराख्नु पर्ने कुरै होइन।
मैले भने हो त्यसै गर्नुपर्थ्यो तर छोरी मलाई यसो गर्नुपर्छ भनेर ध्यानै भएन, किनकि हामीले कहिले पनि हाम्रो घरमा यसो गरेनौँ।
छोरीले तुरुन्तै भनी, बाबा तपाईँले आफ्नो घरमा गर्नुभएन तर यहाँ गर्नुपर्छ। किनकि यो मेरो फ्ल्याट हो, मलाई स्पेस चाहिन्छ आखिर मेरो पनि त केही प्राइवेसी हुन्छ कि हुँदैन।
मैले भने हो छोरी गल्ती भयो अब देखि ध्यान राखौँला। र त्यसपछि ऊ आफ्नो कोठामा फर्किएर गइ, उसको साथी आफ्नो घरमा गयो।
म सोफामा बसेको थिएँ, त्यसपछि मेरो नजर भित्तामा लगाको पंखामा पर्यो। कोठामा राखेको कम्प्युटरमा गयो, चुलोमा गयो, गलैंचामा गयो र मैले सोच्न थालेँ मैले र श्रीमतीले आफ्नो भाग काटेर छोरीलाई दोस्रो गृहस्ती बसायौँ। यहाँ हेर्ने हो भने यहाँ भएको एउटा-एउटा सबै सामान मेरो हो। घरको भाडा मैले दिँदै आको छु, र पनि मेरो छोरीले यो कसरी भन्न सकी कि यो उसको घर हो भनेर।
खैर उसको कुराले मेरो आत्मालाई जगाइदियो, र मैले आफ्नो झोला बोकेर जान लागेँ। छोरीले झोला देखी र बाबा कहाँ जान लाग्नुभाको भनी।
मैले भने मेरो स्पेशको लागि घर जान लागेको जहाँ मलाई कुनै कोठामा जानको लागि ढोका ढकढ्क्याउनु पर्दैन।
छोरीले बुझिसकेकी थिइ कि मलाई उसको कुरा नराम्रो लाग्यो भनेर।
म कोटेश्वरबाट उदयपुरको गाडी चडेर खुर्कोट सिन्धुली दुधौली कटारी रिस्कु हुँदै नेपालटार घर आएँ।
समय सँग सँगै छोराछोरी ठुला हुँदै जान्छन् उनीहरुलाई उनको स्पेस दिनुपर्छ, तर तिनै छोराछोरीले यो कसरी बिर्सन सक्छन कि हामी आमाबुबाले आफ्नो पेट काटेर उनीहरुलाई सबैथोक दिन्छौँ, र बद्लामा उनीहरुबाट सिर्फ थोरै समय र इज्जत चाहन्छौँ भन्ने कुरा।
मेरो संस्कारमा केही यस्तो कमी थिएन, फ़ेरि मलाई नै यस्तो किन?
मैले यसको जवाफ पाएँ। आजभोलि हाम्रो संस्कारमा सोशल संस्कार भारी पर्दै गैरहेको छ, जस्तो कि मोबाइलमा आउने रिल जसमा हरेक भिडियोहरुमा सिर्फ स्वार्थको बारेमा बयान गरिएको छ। हरेक वेबसेरेज जसमा छोराछोरी आफ्नो आमाबुबाबाट टाढा रहेमा खुशी हुन्छन्।
यही पश्चिमा संस्कार जसको हाम्रो संस्कारमा भारी परिरहेका छ।
श्रोतः बन्धु कोइरालाको फेसबुक वालबाट