रमेश सुबेदी
ललितपुर – १३, कुसुन्ती
सधैँ हतार हुने म, आज समय निकालेर पिताजीलाई लिएर डिनर गर्न एउटा नाम चलेको होटलमा गएँ । बिशेष दिन भएर हो कि, रेस्टुरेन्टको सबै सिट भरि भराउ थियो । युवा युवती हिः हिः हिः हाँस्दै थिए भने कुनैमा बृद्ध बृद्धा शान्त भएर यताउता हेर्दै थिए । कुनै टेबुल परिवारले रिजर्व गरेर बसेका त कुनैमा जोडी ह्विस्की तान्दै रमाउँदै थिए ।
पिताजीले नाई भन्दा भन्दै आज बाहिरी दुनियाँमा एक्छिन भुलाउन ल्याएको थिएँ । खाना आयो हामी दुबैले खाना खायौँ । पिताजीको हात लरबराउने हुँदा केही खाना लुगा तिर खसे, केही टेबुल तिर पोखिए । सामुन्ने टेवुलमा बसेकाहरु ट्वाल्ल पर्दै घृणीत पाराले हेर्दै यता उता ईसारा गरे । सबै तिर बसेकाहरुले हामीलाई हेरिरहेको मैले महशुस गरि रहेँ ।
मैले टेबुलमा खसेको खाना सबै उठाएर प्लेटमा राखी पिताजीको हात समाएर नजिकैको वासरुम तिर लगेँ । मुख र कपडा तिर लागेको सबै सफा गरेँ, कपाल सरक्क मिलाई चिटिक्क परि दिएँ । बाहिर निस्केर बिल भुक्तान गरि निस्कन लागेको बेला पछिल्लो टेबुलमा बसेका एक बृद्धले बोलाए । सबैको ध्यान हामी तिर आकर्षित भयो ।
ती बृद्धाले भने, बाबु तिमीले यहाँ केही छोडेर गयौ होला ! मैले भने होइन हाम्रो यहाँ केही छुटेको छैन । मेरो जवाफ पछि ती बृद्ध भन्न लागे, धेरै कुरा छोडेर गयौ बाबु, घर घरमा रहनु भएका बृद्धा बा/आमालाई अहिलेको बदलिँदो समाजमा कसैले पनि यसरी बाहिर लिएर हिड्न चाहँदैनन् ।
लुगा मिल्दैन, ढङ्ग मिल्दैन, कुरा मिल्दैन के के हो अनेक बहाना बनाएर घर भित्रै छोडेर आफुहरु मात्र रमाउन आउँछन् । यहीँ धेरै उदाहरणहरु देखिदैछ । जसरी तिमी सानु हुँदा तिमीलाई लिएर हिड्नु भो, तिम्रो स्याहार संभारमा कुनै कमी गर्नु भएन, आज त्यसै गरि तिमीले आफ्नु पिताजीलाई गरेको देख्दा…..भक्कानिँदै बोलि रोकियो….।