रामप्रसाद पन्थी
रेसुङ्गा न.पा. २, गुल्मी
भाइटीकाकाे शुभ साइत बिहान १०.५१ बजे भएकाे सुनेकाे सन्तुले आमालाई साेध्याे -” आमा कति बज्याे ? टीका लगाउने बेला भएन ? ।”
सन्तुकी आमाले भनिन् – ” अब हुन थाल्याे बाबुु । अब तयार हुनुपर्छ । ”
आमाकाे कुराले सन्तु फुरूङ्ग भयाे । दिदी सुन्तली नुहाउन भनी बाथरूम छिरिन् । सन्तुका बा पूजा सामग्री तयार पार्न लागे । लगभग भाइटीकाकाे तयारी सम्पन्न भयाे । सुन्तली दिदी नुहाइधुवाइ सकेर हुक्क हुक्क रूँदै आमानेर पुगिन् । यता बेला ढिप्किन थालेकाे देखेपछि सन्तुका बा पूजास्थलबाटै चिच्याए – ” हैन साइत सुरू हुनै थाल्याे। यी आईमाईकाे जात …। ”
सन्तुकी आमाले बालाई ईसाराले बाेलाएर कानमा भनिन् – “नानी पर सरिछ ।”
सन्तुका बा एक शब्द पनि बाेलेनन् । उनी फर्केर सन्तु भएकाे ठाउँमा आइपुगे ।
सन्तुले भन्याे – “बा दिदी खाेइ ? ”
सन्तुका बा – ” बाबू ! दिदीलाई सञ्चाे भएन । उनले टीका लगाइदिन नसक्ने भइन् । ”
झसङ्ग हुँदै सन्तुले भन्याे – ” उसाे भए मलाई कसले टीका लगाइदिन्छ बा !”
सन्तुका आँखामा टिलपिल आँसु देखेपछि सन्तुका बाले भने – ” मै लगाइदिन्छु मेराे छाेरालाई भाइटीका । ”
बाकाे हातबाट भाइटीका लगाएर भ्याएपछि सन्तु खुसी हुँदै भैली खेल्न जान्छु भनी घरबाट बाहिरियाे ।