“सपनामा तर्सिएँ”

468

सुनिता देवकोटा
अन्नपूर्ण -६ कास्की

सपनामा तर्सिएँ,उठ्दा लाग्यो डर
टेलिफोन गरिदिनु उता मामा घर
सानो मुनी लिएर खेल्न गएकी
भिरबाट लड्यो भनी निलै भएकी


राम्रोसँग हेर्नुपर्थ्यो खेलमै गयो ध्यान
बुरुक बुरुक उफ्रियो मुनी धन्नै गयो ज्यान
सपनामा तर्सिएँ,उठ्दा लाग्यो डर
टेलिफोन गरिदिनु उता मामा घर
राम्रो देखेँ, ट्वाल्ल पार्यो भगवानको रूपले
आमासँग पूजा गर्दा च्वास्सै पोल्यो धुपले
फूल सार्ने गमला ल्याकी थिएँ बोकेर
झ्याम्मै फुट्यो खसेर, हो कि त्यही सोचेर
सपनामा तर्सिएँ, उठ्दा लाग्यो डर
टेलिफोन गरिदिनु उता मामा घर।