बुध्द जयन्ती बिशेष
दिनेश निरौला
चिसंखुगढी १ ओखलढुंगा
हाल- विराटनगर
एक बृक्ष एक बुध्द हुनैपर्छ ।
ज्ञान ,शान्ति र अहिम्सा हुनैपर्छ ।
…………………….।
नाराहरुमा शंका गर्नुपर्ने कुनै कारण थिएन ।
शुध्दोधन, र यसोधराको अबरोध नभएपछि सबै बुध्द बन्ने लाईनमा थिए ।
बिशिस्ट पद, अकुत श्रीसंपती , आफन्तहरुको चौघेरो सबै त्यागेर , सारा भिक्षु ,भिक्षुणी बोधीसत्वको पछि लागेको देखेपछि उसले पनि त्यै जमातको पिछा गर्यो ।
“बाबा आज स्कुल लाग्छ कि लाग्दैन ।” सानो छोरोले कानमा कराउँदा झल्याँस्स ब्युँझिएँ ।
चुपचाप रिमोट समाएर टिभी खोलेँ । संसद भवनबाट प्रत्यक्ष प्रशारण दिईरहेको रहेछ ।
संसद महाभारतको कथाको युध्द भूमी समान देखियो । हतास रिपोटर भन्दै थियो ।” थुप्रै हताहती भएको आशंका । पुर्ण विवरण आउन बाँकी ।”