घनश्याम रेग्मी
मान्छे ठुलो काम गरी हुने हो
अल्छी छ जो आखिरमा रुने हो
बाजी जितेको कछुवा हिँडेर
जान्यौ तिमीले कि कथा पढेर।
सानातिना यी कमिला मिलेर
भारी घिसार्छन् सब जोडिएर
पुग्छन् हजारौं पर कोससम्म
सङ्घर्षले मार्ग गरेर सम्म।
थोपाहरू आपसमा मिलेर
खोला तथा सागर बन्छ हेर
शिक्षा यही चाल गरी बढाऊ
सङ्घर्षले जीवन पार लाऊ।
बेकार निन्दा पनि गर्न हुन्न
होच्याउँदा कत्ति ठुलो बनिन्न
आँखा गुमाए कसरी बसौला
शिक्षा हराए अझ दुःख होला।