प्रतिज्ञा प्रतिज्ञा
“आज के होर बाबा ?”
अगाडि त्यति धेरै फूल माला देखेर छोराले आश्चर्य मान्दै सोध्यो ।
“भानु जयन्ती हो बाबु त्यसैले तयारी गर्न लागेको ।”
आदर्शले छोरालाई उत्तर दिदै भने,
” अनि यस्तो गर्दा चाहिँ के हुन्छ ? ”
उसले प्रश्न गर्यो।
“उनको सम्झना गरेको नि !”
” यसरी पनि हुन्छ र ? ”
उसले पुनः प्रश्न गर्यो।
” तिमीलाई थाहै रहेनछ भानुभक्तको बारेमा
विस्वभर कार्यक्रम भइरहेको छ ”
बाबाको यस्तो कुरा सुनेपछि उसले भन्यो
” उनले जस्तै यो देशलाई केही दिन सकियो भने पो सम्झना हुन्छ होइन र ? “