तुलसी पण्डित
बाबु आजकल यी हिमाल किन काला पत्थरमा परिणत भएँ । पहिले हिमालहरुमा बाह्रैमास हिउँ परि रहन्थ्यो । कति रमणीय थियो यो ठाउँ । हेर्दा मनमोहक लाग्थ्यो । लाग्थ्यो अझ यो स्वर्ग सरी । नव्बे वर्षका हजुरबाबाको यो प्रश्नले खलिफा अन्योलमा पर्यो । उसले भन्यो । भन्नु न हजुरबाबा त्यो बेलामा प्रकृति कस्तो थियो ?
हेर बाबु त्यो बेलामा जतासुकै हरियाली थियो । जङ्गलमा जनावर र चराहरु प्रशत्त थिएँ । जडिबुटी उस्तै थियो । कति शितलता थियो त्यो बेला । प्राकृतिक प्रकोप त्यो बेला कम हुन्थ्यो । यी हिमालहरुको शान बेग्लै थियो । हजुरबाबा त्यो बेला कुनै विकास थिएन होला नि ? हजुरबाबाको अनुहार परिवर्तन भयो । उहाँले रिसाउँदै भन्नु भयो । यस्तो पनि विकास हो ।
जहाँ विनास मात्र छ । पानी पर्दैन । खण्डवृष्टि अनावृष्टिले धनजनको क्षति भएको छ । पानी समयमा न परेर खेत बाझा भएका छन् । नाति विलखवन्धमा पर्यो । “अब पहिलेको जस्तै गर्न के गर्ने त हजुर बाबा ?” “जङ्गल बिनास रोक्ने कार्वनडाअक्साइडको न्यूनिकरण गर्ने । आणविक शक्तिको उचित मात्रामा सकारात्मक काममा प्रयोग गर्ने ।” “के पहिलेको जस्तो अब बनाउन सकिएला हजुर बाबा ?” “सकिन्छ तर वैमनस्यता र होडबाजी निर्मूल हुनुपर्छ । प्रकृति सम्पदाहरुको उचित संरक्षण हुनुपर्छ ।”