“सम्बन्ध”

 

नवराज शर्मा

“नातिनातिना खाइवरी पढ्न जान्छन् ।” सानु बोल्यो ।
” छोरा मिर्मिरेमा कामबाट फर्की सुतेको छ ।” जेठो बोल्यो ।
” बुहारी काम गर्न जान्छे । ” जेठी बोली ।


” घण्टी बज्छ पुजा सकिन्छ, अनि बुढी खाजा खान बस्छिन् । “बुढी बोली ।
केहीबेरमा बिहानको डुलाई सकेर बुढा आइपुग्छन् । अनि खुइ्य गरेर एक्लै खाजा खान बस्छन् ।” बुढो बोल्यो।
यतिबेर सबैको कुरा सुनिरहेको फुच्चे बोल्यो , ” हैन हब्बा ! यिनीहरूलाई सँगै बस्ने बोल्ने रहर हुँदैन कि कसो ?”
” हामी प्राण नभएकाहरू त एकदोस्रोसँग बोल्न, बस्न र अँगालो मार्न रहर गर्छौँ, यी ज्युँदो भनाउँदाहरूको सम्बन्ध जीवन्त किन नभएको होला कुन्नि !” आफ्नो वरिपरिको कुर्सीहरूलाई हेर्दै बुढो टेबलले विस्मय र बिस्मातको स्वरमा भन्यो ।
भर्जिनिया, अमेरिका