
हरि श्रेष्ठ
भीमेश्वर नपा-२ दोलखा
बालक हौँ हामी, हे सरस्वती माता।
बनाई देऊ हामीलाई,पढ्नमा ज्ञाता।।
गर्दछौं निरन्तर हामी , तिम्रै ध्यान।
तिम्रै काखमा बसि , लिन्छौं ज्ञान।।
विद्याकी देवी तिमी नै हौ माता।
तिमी नै हौ हाम्रा , जीवन दाता।।
माता सरस्वती ,तिम्रै शरणमा पर्छौ।
तिम्रै नाम हामी ,पलपलमा जप्छौँ।।
बालक छौँ हामी , धेरै नै अज्ञानी ।
बन्न सिकाइदेऊ,हामी सबलाई ज्ञानी।।