साने र कुकुर

dxfb]jnfO{ b"w r9fpFb} dlxnf ndh'ª, @ ;fpg M ndh'ª a]F;Lzx/ gu/kflnsf– * l:yt d:of{ªbL gbL lsgf/df /x]sf] s/k'/]Zj/ dxfb]j dlGb/df b"w r9fpFb} eQmhg . ljleGg ck]Iff Pjd ljZjf;sf ;fy eQmhgx? o;/L k"hfkf7 u/L ;fpg dlxgfe/ j|t;d]t a:g] ub{5g . tl:j/ hgs >]i7÷/f;;

बिष्णु उप्रेती
निकाेसेरा
राधेराधे धक्तपुर

” ममी ,याे दूध किन यसरी पाेखेकाे? ” शिवालय आएकी आमालाई पछ्याउँदै आएकाे सानेले शिवलिङ्गमा दूध चडाएकाे देखेर आमालाई साेध्याे।
“याे पाेखेकाे काहाँ हाे त नानी ! याे त भगवानलाई चडाएकाे पाे हाे त”।
“यसरी भगवानलाई दूध चडाउँदा के हुन्छ ममी ? सानेले साेध्याे।”
” यसरी भगवानलाई दूध चडाउँदा , भगवान खुसी हुन्छन् ,अनि हामीलाई धेरै आशीर्वाद दिन्छन् नि त्यसैले।
शिवालयबाट बाहिर आएपछि , एउटा काले कुकुर पुच्छर हल्लाउँदै साने भएतिर आयाे। सानेलेआमालाई तान्दै भन्याे याे कुकुरलाई पनि केही दिनु न ममी ?
ममी केही नबाेली सानेलाई तान्दै अगाडि बढिन्।
सानेले नराम्रो अनुहार पार्दै भन्याे –” ममी , नखाने भगवानलाई दिँदामात्र आशीर्वाद पाईन्छ, अनि याे खानेलाई दिदाचैँ केहिपनि पाहिँदैन हाे ? आमाले नसुने झैं गरिन्।
सानेले फर्केर कुकरलाई हेर्याे । कुकुर पनि आसलाग्दाे आँखाले अझै सानेलाई हेरिरहेकाे थियाे।