तुलसी पण्डित
आमा म पढ्न जान्छु है।
बाबु हामी सँग पैसा छैन। भर्ना गर्न पर्यो । किताबकापी ड्रेस गर्दा धेरै पैसा खर्च हुन्छ । बरु म अर्को सालबाट पढाउँला हुन्न र बाबु।
अर्को साल पनि उही त होनि आमा हामीलाई समस्याले छोड्दैन। बरु मलाई हर्के साहु कहाँ भाँडा माझ्न राखि दिनु । बरु म त्यही काम गरेर पढ्छु हुन्न आमा । छोरो निरेको कुरा सुनेर आमा निकै मर्माहट भइन् । उनी आँखाबाट बलिन्द्र आँसु झार्दै रुन थालिन् । के गर्ने उहाँ भएको भए यो छोराेले पढ्न चाहेको जति पढ्न पाउने थियो । के गर्ने विचरा गर्भे टुहुरो भयो ।
अब दुई तीन ठाउँमा भाँडा माझेर भए पनि छोरो पढाउँछु भन्ने सोचिन् निराले । उन्ले रिठ्ठे साहु कहाँ भाडा माझ्ने काम लिदै दश हजार ऋण पनि लिइन् । ल बाबु तयारी हौ आज तिम्रो भर्ना गर्ने हो । छोरो अति खुशी भयो । आमाले निरेको स्कुलमा लगि भर्ना गरिदिनु भयो। छोरो अति लगनसिल भएर पढ्न थाल्यो । दुई वर्ष पछि रिठ्ठे साहुले निरासँग पैसा माग्यो तर निराले दिने कसरी । निराले ल ल भन्दै टारी रहिन् । एकदिन रिठ्ठे साहुले उनलाई चिया लिएर आऊ भन्दै कोठामा बोलायो । निरा कोठामा आए पछि उसले ढोका लगायो । निरालाई उसले बलत्कार गरी पाँच हजार दिदै भन्यो । ल हप्ताको एकचोटी आउनु मैले तिम्रो अगाडिको ऋण पनि मिनाहा गरिदिए।
छोराको पढाइको लागि उनले ती सारा कुरा सहनु पर्यो । न सहेर के गर्ने कुरो कतै चुहाउने बित्तिकै ठूलो बज्र परिहाल्छ।त्यसले छोराको पढाइलाई पनि असर पुर्याउँछ। बरु छोराको पढाईमा भएको प्रगतिले उनको मन केही मात्रामा भए पनि प्रफुल्ल भयो।
आमा आज मैले हजुरलाई कति धेरै मिष्ठान्न ल्याई दिएको छु । आज म आमालाई आफैँ खुवाउछु।
आज के हो र बाबु ? “आमा मैले लोकसेवा पास गरी अधिकृतमा नाम निकाले।”
आमाको आँखाबाट हर्षासु र विष्मातका आँसु झरे । उनीले सोचिन्।
“यै छोरोलाई बनाउन मैले बलत्कारको सामना गर्न पनि सकिन।”