“सिम सिम पानी”

194

 

दुर्गा पौड्याल

सिम सिम पानी
कति जाती नानी
पानीमा यिनि हिँड्दैनँन्
हिलोमा पनि खेल्दैनन्
आफ्ना साथि सँगीलाई
नराम्रो क्यै भन्दैनन्


ज्ञानी भई बसेर
पढ्छन् कम्मर कसेर
सरलाई पाठ बुझाउँछन्
अरुलाई पनि सम्झाउँछन्
लेख्ने पढ्ने हाम्रो काम
पढेपछि घर जाम ।