प्रणय दिवस विषयक लघुकथा
सुनिता निरौला पौडेल
भक्तपुर – राधे राधे ,निकोशेरा
“आमा ! तौलिया ,साबुन बिर्सिएँछु ,खै दिनुन ”
“महिनामा एकदिन नुहाउँनु छ , त्यै पनि बिर्सने के ! आँफुले नुहाउँने भनेपछि सबै लिएर जानु नि ! जति भने पनि यसलाई नलाग्ने ” आमाले रिसाउँदै भन्नुभयो ।
” लौ.. सेम्पो पनि सकिएको रहेछ आमा ”
“अब त्यसै नुहाउ है छोरा ”
बगैँचाबाट फुल टिपी आमालाई ल्याएर दियो । खुशी हुँदै उहाँले
“धन्यवाद छोरा ! पूजाको लागि फूल टीप्न जान लागेको ,ल्याईदिस् ”
” म तपाईँलाई धेरै माया गर्छु ”
” के भन्छ हौ ,यो केटाले ? ”
“आज “प्रणय दिवस “को दिन सुन्दरीलाई शुभकामना दिन रियल्सल गर्या के ।” छोराले हाँस्दै भन्यो ।
” जुँगाको रेखी पनि राम्रोसँग बस्या छैन प्रणय दिवस “के भन्या हो छोरा ,माया त सँधैभरी पो हुन्छ ,बर्षमा एकदिन गरेर हुन्छ र !
” आज सरस्वती पूजा ” विद्याकी देवीको आराधना गरन ” आमाको कुरै नसुनी बगैँचातिर लाग्यो ।
त्यहाँ एउटा फूल टीप्यो अनि सुन्दरीलाई भेट्न गयो ।
” सुन्दरी ,प्रणय दिवसको शुभकामना “भन्दै फूल उनलाई दियो ।
“आहा!! साना ,कति राम्रो फूल ,अझै २-४ वटा फूलहरु ल्याउन ”
” किन र सुन्दरी ??? “अचम्म मान्दै भन्यो उसले ।
” घरबाट ८-१० वटा फूलहरु ल्याएको थिएँ ,सबै सकियो ।”