श्यामप्रसाद श्रेष्ठ
ईमाडोल,ललितपुर
“उ त्यही हो ,हाम्रो दुष्मनको घर! होसियार भएर चारै तर्फबाट घेरौँ, कहीँबाट उम्किएर भाग्न नपाओस,” अँधेरोमा नाइके स्यालले आफुसँगै आएको स्यालहरुलाई हेर्दै आदेश दियो।
सबँ स्यालहरुले नाइके स्यालको आदेशलाई टाउको हल्लाएर मौन समर्थन गरे। स्यालहरु चलाखीपुर्ण ढंगले रातो भाले कुखुराको खोर घेर्ने काम गर्दै थिए।
स्यालको नाइके ठुलो स्वरले कराउँदै आदेश दियो- “आक्रमण ! भाग्न नपाओस!”
नाइके स्यालको आदेश पाएर स्यालहरु खोरभित्र पसेर भालेको कसैले घाँटी अँठ्याए,कसैले मुख थुने,कसैले घिच्रो,कसैले खुट्टा ,कसैले पखेटा समाए। रातो भाले कुखुरा न चलमलिन सक्यो ,न आवाज नै निकाल्न सक्यो।
स्यालहरुले जंगलको छेउमा रहेको आफ्नो ओडार भित्र लगेर भालेलाई बन्दी बनाए।
भालेले चारै तर्फ स्यालको कब्जा देखेर सोध्यो – “ मैले त्यस्तो के जघन्य अपराध गरेको थिएँ र तिमीहरुले यसरी मलाई यहाँ बन्दी बनाउँदै छौ?”
स्यालको नाइकेले घाँटी उठाउँदै भन्यो-“ सुतेको मान्छेलाई जगाउने अपराधमा तिमीलाई बन्दी बनाएका हौँ।”