“हामी साना लालाबाला”

नन्दु उप्रेती

हामी साना लालाबाला भविश्यका तारा
नयाँ नेपालको भोलि बोक्छौ अभिभारा ।

आज खेल्छौ पुतलीको घर बनाउने
भविष्यमा देशलाई नौलो रूप दिने
हामी साना केटाकेटी यो देशका सारा
सुन्दर नेपाल चहानेका हृदयका प्यारा ।

निर्माणका पाठहरू अहिलेदेखि सिक्छौ
सृजनाका नयाँ नौला भाकाहरू झिक्छौ
हामी साना केटाकेटी यो देशका सारा
सुन्दर नेपाल चाहनेका हृदयका प्यारा ।