शोभा कोइराला
हे भानु तिम्रो छ कथा अपार
सम्मान अर्पन्छु म बार बार ।
सामर्थ्य तिम्रो कसरी म गाऊँ
लाग्छौ तिमी हौ सबका जुहार ।
आऊ यथाशीघ्र यसै धरामा
नेपालकाे हाे सुन याे पुकार ।।
सत्काव्यका नायक भानुलाई
श्रद्धा छ मेरो मनकाे उदार ।
हौ काव्यधारा जगका सितारा
साक्षी छ रामायण पुष्पहार ।