घनश्याम रेग्मी
हाम्रा युवा कुलतमा पनि फस्न सक्छन्
गाँजा चरेस रहमा पनि पस्न सक्छन् ।
खाली बसे यदि भने मन खिन्न पारी
साथी र भाइ हुलले हिँड भन्न सक्छन् ।
भाषा कला सब गिराउन छन् जुटेका
आफ्नो सुसंस्कृति बचाएर जान सक्छन् ।
चाडैं खुलून् पथ विकास समेट्न सक्ने
यो मातृभूमि पथमा सब चल्न सक्छन् ।
साहित्यका असल पुस्तक पढ्न पाए
सत्सिर्जनातिर जुटी अघि बढ्न सक्छन् ।
आँखा भएन अगुवासँग मार्ग हेर्ने
लौ होसियार हुनुहोस् युग हाँक्न सक्छन् ।