शान्ता तिम्सिना

विद्यालयको शैक्षिक कार्यक्रममा के बोल्यो, उसले अनुमान गर्नै सकेन। जब आफ्नो भनाइ राख्यो, विद्यालयको हल पर्र्रर्रर्र्र तालीले गुञ्ज्यो, अनि पो उसलाई राम्रो बोलेछु भन्ने अनुमान भयो।
त्यहाँ उपस्थित मध्ये हलभित्र केही विदेशीहरू पनि थिए।
सायद उसको विचारले विदेशीको मन छोएर होला , ऊ पनि छनौटमा परेको थियो।
खुशीले उफ्रंदै ऊ घर पुग्यो । घर नछिर्दै भन्यो ; “बाबा , अब म पनि विदेश जाने भएँ ।”
“हैन ! के भन्छ यो ? हामी जस्तो गरिबले विदेश जान सक्दैनौँ बाबू !” बाबाले चिन्ता व्यक्त गर्दै भने। “पैसा लाग्दैन रे बाबा ! म पनि जान्छु है !” उसले खुसी हुँदै सुनायो।
“हो र ? कसरी जाने ? कसले लान्छ रे ? अनि पैसा कसले तिर्छ त ? ” बाबाको मुहारमा आश्चर्य भाव थियो। “हो, बाबा ! आज विद्यालयमा शैक्षिक कार्यक्रम थियो। मैले पनि आफ्नो जीवनको लक्ष्य बारेमा बोलेको थिएँ।” त्यहाँ उपस्थित मध्ये हलभित्र केही विदेशीहरू पनि थिए। तिनीहरुले गरीब र जेहन्दार दुई जना विद्यार्थीलाई विदेशमा लगेर उच्च शिक्षा पढाउने रे ! म पनि छनौटमा परेछु ।”
उसले आफुले पाएको पुरस्कार देखाउँदै भन्यो।
“ओहो, उत्कृष्ट पो भयौ ?” उनले छक्क पर्दै सोधे।
“हो बाबा ! म ठूलो भएर, गरिब र असहायको सेवा गर्नेछु । मेरो लक्ष्य भनेको गरिब र असहायको लठ्ठी बन्नु हो ।” भन्ने विचार व्यक्त गरेको थिएँ ।
“गरिबको लागि भगवान हुन्छन् भन्थे, साच्चै , हो रहेछ । हाम्रा लागि त विदेशी भगवान नै बनेर आएछ्न् ।” उनले आँखाभरी आँसु पार्दै बोले ।
बाबाले चार वर्ष पहिलेको त्यो दिन संँझिए । जुन दिन फिस तिर्न नसक्दा छोरो स्कूलबाट निकालिएको थियो। “दुष्ट प्रधानाध्यापक ! आज देखिस् मेरो छोराको प्रगती !” उनले ठूलो स्वरमा गाली गरे।
“हो त बाबा ! मलाई पनि याद छ नि ! अब केही बर्ष विदेशमा मेहनतले पढ्छु अनि आफ्नै गाउँमा आएर डाक्टर बनेर गरिबहरुको सेवा गर्नेछु ।” छोराले भन्यो।
बाबाले खुशी हुँदै छोरालाई धाप मार्दै भने; “यो कुरा त्यो दुष्ट प्रधानाध्यापकलाई सुनाउनु छ, बाबू ! भोलि म विद्यालय जानेछु।”
छोरोले उत्साहित हुँदै सोध्यो – “म पनि जान्छु नि बाबा ! हुन्छ ?” दुबै दङ्ग परे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

पारिजातको रूख

कृष्ण  पारिजात सबै ठाउँमा भेटिने रूख हो । यसलाई छुन पाउने अधिकार केवल उर्वशीलाई मात्र…

8 hours ago

“पुतली जस्तै”

निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत "कति राम्री हेर सानो पुतली।" "अनि तिमी पनि उस्तै…

8 hours ago

विकास

तुलसी पण्डित आमा आज संसारकै सुन्दर ठाउँ गोल्डकोष्ट हेर्न जाने है । "हुन्छ छोरी मलाई…

8 hours ago

पुस्तक-पीडा

अजित आचार्य व्यास-९ कलेस्ती,तनहुँ हाल-मातातीर्थ,काठमाडौं “तिमीलाई कति जनाले छोएर गए ? मलाई त सानो देखेर…

1 day ago

आमा

गंगा खड्का बूढानीलकण्ठ ,काठमाडौँ “के गर्नु बाबु, एकातिर टाल्न खोज्यो अर्कोतिर चुहिन्छ। जति प्रयास गरे…

2 days ago

साक्षी

सत्यजीत ललितपुर कक्षाको पछिल्लो बेन्चबाट हात उठ्यो- “मिस, म दोस्रो घण्टी पढ्दिन,” पूर्णिमाको निराशाजनक स्वरले…

2 days ago