सचिन अधिकारी
रसाउछ्न इ आँखा
देखि खाली पाखा।
सक्दैन बोल्न त्यो निर्जिव चिज
तर यो माग्छ परिश्रमको बिज
खाली यी खेत, तातो बतास
तर हृदयमा आशाको बास।
खाली न छोड यो पुर्खाको थलो
उर्भर बनाउ, उठाउ जुवा र हलो
होइन है केवल यो भुमी मात्र
यो त हो रगत, पसिनाको पात्र।
दिएको छ यस्ले पुस्तौँ देखि साथ
गरेपछि कर्म छोड्दौन खाली हात
रहेको छ पौरख मेटिँदैन त्यसै
झल्किन्छ गौरव हराउँदैन यसै।
नगर हेला! पसिना बगाउ
नयाँ मुलुकको अब जग बनाउ
पाखा रमाउछ्न, खेत मुस्कुराउँछ्न
पसिनाका थोपाले जरा फिजाउछ्न।
जब यो हाम्रो माटो रमाउँछ
तब त मात्र यस्ले मोति सजाउँछ
उठ नेपाली! गर परिश्रम
उठ नेपाली! सिँगार यो देश।
यही हो हाम्रो पहिचान बिशेष
यही हो हाम्रो सान बिशेष।
१. "कम बोलौँ, धेरै सुनौँ " धेरै बोल्दा हामीले अनावश्यक कुरा गर्न सक्छौँ, जसले वादविवाद…
कृष्ण पारिजात सबै ठाउँमा भेटिने रूख हो । यसलाई छुन पाउने अधिकार केवल उर्वशीलाई मात्र…
निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत "कति राम्री हेर सानो पुतली।" "अनि तिमी पनि उस्तै…