पुण्यप्रसाद घिमिरे
बैत्यश्वर ६, दाेल
मादलुकाे तालसँगै, म त नाँचिदिन्छु
दायाँबायाँ अघिपछि, कम्मर भाँचिदिन्छु।
कागजलाई पट्याउँदै, राम्रा ओरिगामी,
नाप्दै काट्दै तुल ताेरण झुम्का किरिगामी।
खाेया जाेड्दै भ्यूटावर, फल माटाेबाट,
खाली बस्न मनै छैन, गर्छु फटफट।
बाजा भेटे बजाउँछू, फूल सजाउँछू,
सिर्जनालाई हेर्दै हेर्दै, ताली बाउँछु।
कागज र पात उनी, आहा फिरफिरे,
के के बन्छ के के भन्छ, चित्र किरमिरे।
कागज भूस गेडागुडी, काेलाज रिमिझिमी
म त यस्तै काममा व्यस्त, के गर्दै छाै तिमी।
१. "कम बोलौँ, धेरै सुनौँ " धेरै बोल्दा हामीले अनावश्यक कुरा गर्न सक्छौँ, जसले वादविवाद…
कृष्ण पारिजात सबै ठाउँमा भेटिने रूख हो । यसलाई छुन पाउने अधिकार केवल उर्वशीलाई मात्र…
निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत "कति राम्री हेर सानो पुतली।" "अनि तिमी पनि उस्तै…
View Comments
https://shorturl.fm/aOtU1
https://shorturl.fm/OCQjP