रामप्रसाद पन्थी
रेसुङ्गा न.पा. २ गुल्मी
कसाे गरी जाने हाेला पाठशाला भाेलि
बरू खाई सुत्ने हाे कि सिटामाेल गाेली।
गृहकार्य धेरै थियाे गर्या छैन पूरा
तर्साउदै दिदी भन्छिन् लगिदिन्छु कुरा।
विदा हुँदा यताउता डुल्दा बिते दिन
मेसाे परे माेबाइल हरें छिन छिन।
कैले चङ्गा कैले पिङ कैले द्याैसी भैली
दिन यसै बिती गए सधैँ हाँसी खेली।
घर बस्ने बानी लाग्याे हाँस्ने खेल्ने डुल्ने
बिग्री सक्यो बानी मेराे शब्दसित भुल्ने।
ठुलाबडा आफू भने रमाइलो गर्ने
हामीलाई नपढेकाे भनी आँखा तर्ने।
त्यसैले त छिटै ठूलाे हुने मन ला’छ
पढ्न लेख्न भने तर सधैँ गानाे गा’छ।
मुर्गा बन्नु पर्ने हाे कि लठ्ठी खानु पर्ने
पाठशाला जाने मन छैन कसाे गर्ने ?
मन खिन्न हुन थाल्याे सम्झी गृहकार्य
मनै खिन्न हुने काम किन अनिवार्य ?