
धनराज सिलवाल
चितवन
सानो सानो हातले यो कलम समाउँछु
किताब बोकी स्कूल जान अति रमाउँछु।
ठूलो बन्ने ईच्छा मेरो ज्ञानी बनेर
देशको नाम चम्काउनेछु धेरे पढेर।
सानो आँखा अघि बढ्छ अक्षर चिन्नलाई
हात मेरा अघि सर्छन् संसार चिन्नलाई।
अल्छी गर्ने चकचक गर्ने बानी गर्देनौँ
शिक्षा लिन जे परे नि पछि हट्दैनौँ।
मनभित्र खुलदुली अक्षर मिलेर
हात हाम्रासँगै नाच्छन् सँगै मिलेर।
पढ्न दिनुस् बाबा-आमा अब हामीलाई
नरोक्नुस् है हाम्रो बाटो सधैँभरिलाई।





