रञ्जुश्री पराजुली
शीर्ष योगदानकर्ता
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
केटी हेर्न भनेर लावा-लस्कर लिएर रमेश केटीको घरमा पुग्यो। स्वागत सत्कारमा कुनै कमी नदेखेको र अनुशासनमा अब्बल देख्दा केटा पक्ष मख्ख देखिन्थे।
रमेशले शकुन्तला सँग एकान्त कुरा गर्न भनेर पल्लो कोठा तर्फ लाग्यो। धेरै बेरको भला-कुसारी पछि दुबै जना समूहहरूको बिचमा आए।
रमेशको बुबाले सोधेँ,”रमेश कस्तो लाग्यो शकुन्तला?”
बुबा सबै ठीकै छ तर….? रमेशले नसोची कनै प्याट्ट जबाफ दियो।
शकुन्तलाको बुबाले मुस्कुराउँदै सोधे,”तर के हजुर?”
रमेशले भन्यो,अलिकति अग्ली र गोरी रहिछिन्,दाईजो मिलेमा बिबाह गरौँला नि ?
के कति हो ? हजुरहरूले बताईदिए ढुक्क मन हुन्थ्यो,शकुन्तलाको बुबाले भने।
रमेशले पचास लाख नगद,एउटा कार र दस तोला सुनको अफर जारी गर्यो।
रमेशको अफर सुने पछि शकुन्तलाले झोक्किदै भनिन्,”हजुरहरू यहाँ बिवाहको लागि आउनु भएको हो या दाईजोको लागि ? हजुरहरू अब जानुस्, म दाईजो बिरोधी नारी हुँ भनेर घर भित्र लागिन । रमेशले आफ्नो गल्तीमा पश्चाताप गरी दाइजो बिरोधी अभियान चलाउने सहमतिको साथ बिवाहको दिन निश्चित गरेर घर तर्फ लागे।