“असल छोरा”

तुलसी पण्डित

“छोरा तैले मेरो इराधा पूरा गर्नुपर्छ । मैले कति त्याग गरेर तलाई पढाएँ । मेरो आकाङ्छ्या पूरा गर्नु तेरो कर्तब्य हो । ”
“के हो बाबा हजुरको चाहना ?”


“तँ एउटा ठूलो नेता हुनुपर्छ ।” “अनि अरु ?” ” छोटो समयमा धेरै सम्पत्ति ।”
“बाबा हजुरका चाहनालाई म सार्थक रुप दिन सक्दिन । हेर्नु होस् नेताको क्रियाकलाप कति घिन लाग्दा छन् । चुनाबमा यस्तो गर्छु उस्तो गर्छु भन्छन् । जनता ढाँट्छन् । काम केही गर्दैनन् । सत्तामा पुग्यो लोभ लाग्दो हो । अर्को पालि के हो के हो भन्यो धन सम्पत्ति थुपार्यो । दुनियाँको आत्मा मार्यो । यो भन्दा जघन्य अपराध अरु के हुन सक्छ र बाबा ?
बाबु त्यसो भए राष्ट कै सचिव होऊ ?
तपाईँ सचिव हुने भन्नुहुन्छ । झन् यिनीहरुले देशको ब्रम्मलुट गरेका छन् । ठेक्कापट्टा र विभिन्न योजनाबाट खानुसम्मको पैसा खाएका छन् । उनीहरुले गर्दा विभिन्न निकायको कर्मचारी पनि त्यस्तै छन् । लुट गर्नु भन्दा अरु केही काम छैन यिनीहरुको ।”
“अनि गर्ने के त ?”
“मत देश र जनताको लागि निस्वार्थ सेवा गर्न चाहन्छु । जसले गर्दा देश चम्कियोस् । सबैको अनुहारमा उज्यालो छाओस् ।”
” हो मैले तिम्रो मन बिचारेको थिएँ । मलाई देशको काँचुली फेर्ने असल छोरा चाहिएको छ ।”