
कोषवल्लभ रेग्मी
इलाम
तेगिया बेँसी त्यो टारीखेत हल गोरु नारौला।
रोपारे बैनी रोप है धान मै हिलो पारौँला।।
छुपुमा छुपु धान है रोप्नु हातैमा बीउ दिउँला।
अरुलाई दिउँला बोली र वचन हजुरलाई जिउ दिउँला॥
बाबा र ज्यूको त्यो टारी खेत ढुकुरै लुक्ने बिऊ।
नगर दोमन अल्लारे जोवन मरेर जाने जिऊ॥
बाउसेगर्ने बाउसे दाजु कोदाली मच्चाउँछ।
हातको कोदाली आलीमा राखी हामीलाई फकाउँछ॥
असारै महिना रोपेको धान कुन महिना पसाउँछ।
एकचोटी आउँछ यो पापी जोवन दुनियाँ हसाउँछ॥
जिम्वाल बाको त्यो रातो भाले कर्दैले रेटौँला।
दिन पनि गैगो आजलाई भैगो अर्को साल भेटौँला॥





