
बिन्दु पौड्याल वस्ती
“ए बाबु ! राम्रोसॅग पढ् न, के गरेको हो त्यसरी ?” परैबाट आमाले चिच्याइन् । आमा चिच्याएको सुनेर छोराले भन्यो-“के गर्नु नि ? पढेको देख्नु भएन र ?” आमाले रिसाउॅदै भनिन् -“पढेको पनि त्यस्तो हुन्छ त । अगाडि मोबाइल राखेको छस् अनि टुप्पी बाॅधेर भट्भटाइरहेको छस् । कस्तो पढाइ हो यो तेरो। बुझेर पो पढ्नुपर्छ त ।”- अविज्ञता देखाउॅदै आमाले भनिन् । आफ्नो पढाइलाई पुष्ट्याइॅ गर्न उसले भन्दै गयो- “छ महिना सरकार राम्रोसॅग चल्न पाउॅदैन, ढलिहाल्छ । उनीहरूले काम त गर्नै भ्याएका हॅुदैनन् क्यारे । किताबमा केही छापिनै पाउॅदैन अनि मोबाइल हेरेर नाम मात्रै भए पनि कण्ठ पार्नु परेन त ।”





