हरिशरण ढुंगाना
आऊ न पुतली
बसी बसी खाउली हे
आऊ न पुतली ।
फुर फुर गर्दै बगैंचामा
आऊ न पुतली ।।
पुष्प रस खाउली हे
आऊ न पुतली ।
रंगहरू भर्दै फूलमा
आऊ न पुतली ।।
डाकी साथी फूलमा हे
आऊ न पुतली ।
भुनभुन गर्छ भ्रमरा
आऊ न पुतली ।।
नाची नाची खाउली हे
आऊ न पुतली ।
चंगाजस्तै उॅडेर हे
आऊ न पुतली ।।