
काशिराम घिमिरे
जब,जब, संसारमा धर्मको लोप हुन्छ, पाप बढछ, त्यसबेलामा धर्मको रक्षाको लागि म मानवरुप गरि धर्तिमा आउनेछु।
भगवान श्रीकृष्ण
ज्ञान कर्म र भक्तिका प्रणेता भगवान श्रीकृष्णको जन्म भाद्र कृष्णष्टमिको राती भएको थियो। चारैतिर कडा सुरक्षा बिच उनको जन्म जेलभित्र भएकोहो।भगवान श्रीकृष्ण जन्मिदा बिष्णुको मोहितपार्ने शक्तिको कारण सेनाहरु निद्रामा हुन्छन ।त्यहीँ बेला आकाश वाणी भइ कृष्णलाई नन्दकोमा लान भनिन्छ ।पिता बासुदेवले उनलाइ बोकि निस्कदा ढोका चमत्कार स्वरुप आफै खुल्छ।यमुना रोकिन्छिन ।ठूलो वर्षा भएको बेला नागराजा छाताबनिदिन्छ्न।उनले नन्दकोमा कृष्णलाई छोडी यसोदाकी बालिका ल्याउछ्न ।बल्ल ढोका खुल्छ।
पौराणिक मान्यता अनुसार अन्याय अत्याचार राक्षशी प्रवृत्तिबाट सम्पुर्ण मानवको रक्षागर्न भगवान बिष्णुको आठौं अवतारको रुपमा उनको जन्मभएको हो। कृष्णको स्वभाव चञ्चले थियो ।उनलाई दहि मखन अत्यन्तै मन पर्ने ।उनले बाँसुरी पनि राम्रो बजाउने गर्दथे।जसका कारण उनका सोहसय गोपिनी राधा र बन्यजन्तु हरु त्यो आवाज सुनी लठ्ठ हुन्थे । खासत कंशले बहिनी देवकिका सबै सन्तान मारेको र आठै सन्तान कृष्णलाई बचाउन देवताहरुले नै उपाय रचेका थिए।कृष्णलाई मार्न कंशले अनेक उपाय अपनायो तर सकेन ।पछि भगवान श्रीकृष्ण ले आफ्नै मामा कंशको बधगरि जेलभित्रका आफ्ना बुवाआमालाइ ल्याउछ्न।जसको कारण ज्ञान कर्म भक्तिका प्रणेता भगवान श्रीकृष्णको जन्मदिन भाद्र कृष्णष्टमिको दिन मनाउने गरिन्छ। यसको उपलक्ष्यमा बुवाआमा ,दाजुभाइ, दिदीबहिनी ,साथिभाइ, इष्टमित्र, नातागोता, बन्धुहरु साथै स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपालिजन हरुमा हार्दिक मङलमय शुभकामना ।
केही भजनहरु :
भगवान बिष्णुको आठौं अवतार
मध्यरातमा जन्मतिम्रो कस्तो चमत्कार।
भुइँमा झरन कृष्ण भुइँमा झरन
आपतपर्यो हामिलाइ रक्षा गरन।
बोले रिसाउछन, कृष्ण बोले रिसाउछ्न,
कदमको डाली बसि ,मुरली बजाउछ्न।





