गणेश दवाडी
लेटाङ मोरङ्ग
के छ तिम्रो चालामाला सञ्चै छौ नि नानी
ज्ञान बुद्धि असल हुने सिक्दै छौ नि बानी।
यता म नि आरामै छु याद खुबै आउँछ
तन मेरो घरतिरै मन तेतै धाउँछ
सबको मुहार झलझली यी आँखामा छाउँछ
टोलाएर यो मनले के के गुनगुनाउँछ।।
भुइँमा बसी आकाशका म गन्दै छु तारा
ती सितारा तिमी नै हौ सम्झ बुझ प्यारा
यो बिलौना फगत काँ हो आत्मा गीत गाउँछ
सपना मैं यी आँखामा आँसु रसाउँछ।
हिड्दा डुल्दा जताजाउँ मन त्यही ठोकिन्छ
यति गहिरा यादहरू खै केले रोकिन्छ
थाकेन यो मनको घाउ बिसेक होला केले
जीवनचक्र फनफनी जालैजालले जेले।।