
हरि काेर्काली
जुनी दियाै, बाेली दियाै
दियाै भेष- भाषा
अरू पनि धेरै कुरा
दिन्छ्याै गर्छु आशाा।
याे धर्तीमा आउन मलाई
बाटाे बनाइदियाै
त्याे बाटाेमा हिँड्न
पेटमै बाठाे बनाइदियाै।
भित्र हुँदा दिएँ दु:ख
सबै सुखा मान्याै
जन्म दिने कष्टलाई
आफ्नाे गाैरव ठान्याै।
सुख हुन्छ तिम्राे साथमा
स्वर्ग तिम्राे काखमा
सुखले पनि खाेज्ने सुख
बस्छ तिम्राे हातमा।
सबैभन्दा ठूलाे कुरा
के हाे जिन्दगीमा?
ब्रम्हाण्डमै सबैभन्दा
ठूली हुन् है आमा।





