“आमा”

फेसबुुक कवि

दस महिना काेखमा राखी,
जन्माउने आमा,
आफ्ना गाँस काटी काटी,
हुर्काउने आमा ।
बढ भनी टाउकाे तेल,
तुर्क्याउने आामा,
पढ सिक अघि बढ,
फुर्क्याउने आमा ।
काेखाई काेखाई गीतगाई,
खुवाउने आमा,
ताते ताते पिठ्यूँ बाेकी,
डुलाउने आमा ।
फाेहाेर भए नुहाइदिने,
भाेक लागे खाना,
सबका जीवन फुलाउने,
महान छन्आमा ।
चाेट लाग्दा पेट दुख्दा,
भन्छाैं ऐया! आमा,
राेगलागे आँसु झार्दै,
रून्छिन् हाम्रीआमा ।
खराब काम गर्याैंभने,
दुःखी हुन्छिन् आमा,
भर थेग आड भराेसा,
स्वर्ग सबकी आामा ।