“इन्द्रेनी”

पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६,दाेलखा

सिमसिमे घाम पानीमा,
देखेँ धनुष आकार,
आहाहाहा झिलिमिली,
रङ नाना प्रकार।

आधा जीउ खुलेकाे छ,
आधा जीउ लुकेकाे,
मनै हर्ने रङै रङ,
सजिएर झुकेकाे।

घाम पूर्वतिर भए,
पश्चिमतिर ढल्किने
पश्चिमतिर घाम भए,
पूर्वतिर छल्किने।

आसमानी सुन्तला,
राताे नीलाे पँहेलाे,
मिलेका ती सातै रङ,
बैजनी र हरियाे।

राताे रङ साैभाग्य रे,
जीवन शक्ति हरियाे,
धर्म रक्षक नीलाे रङ,
धार्मिक आस्था पँहेलाे।

कालाे ईर्ष्या स्वर्थी रङ,
रिस राग पूर्ण रे,
सेताे रङ शुद्ध मन,
बैजनी शक्ति भूर्ण रे।

जब हट्याे घाम पानी,
इन्द्रेनी नै हरायौ,
के भएकाे एकै छिनमा,
जादू जस्तै गरायाै।

स्वर्गकी परी तिमी,
आउँदै गर इन्द्रेनी,
गाउँ घर वन पाखा,
पर्खी बस्छु म पनि।