कविता “उडी जाऊ” By सारथि बाल पत्रिका - August 3, 2025 590 Share Facebook Twitter WhatsApp ललिता ‘दोषी’ बुद्धनगर काठमाडौँ आँ–आँ गर्दै बचेराले ठूलो मुख बायो माउचरी गुँडमा गई चारा उल्लाई ख्वायो कहिले आउँछे आमा चरी कहिले बाबु चरो दुवैले यताउता बसे बिस्कुन छरे खुरुखुरु खाए हुन्थ्यो सधैँ छर्छन् अन्न तर पनि सक्दिनँ म उडी जाऊ भन्न।