तोयानाथ सुबेदी
परमभक्त व्यक्तिको एकताप्रति ठूलो विश्वास थियो। एकदिन उनी शिष्यसँग अनकण्टार जङ्गलको बाटो हिड्दै थिए। हठात् ह्रिंसक जङ्गली जनावर देखा पर्यो । त्यो देखेर शिष्य डराए ,तर ती व्यक्तिलाई भने डर लागेन। शिष्यले सोधे,” हजुरलाई किन डर लाग्दैन ?” ती व्यक्तिले भन्न चाहेनन् । केवल सङ्केत मात्रै गरे। शिष्यले त्यो सङ्केत बुझेनन् र बारम्बार जिज्ञासा मात्रै राखे। गुरुले बाध्य भएर भने, ” बाबू! तिमी र ईश्वर अगाडि पछाडि भएकाले मलाई डर लाग्दैन…….।” ।।