
विके माकजू
भक्तपुर
बुटा जस्तो रुख
फल टिप्न दु:ख
संधै पर्छ ठाडो
ऐसेलुको काँडो।
फल मिठो मिठो
चरा गर्छ जुठो
खान्छु तर पनि
चोखो चोखो भनी।
खोल्सा खोल्सी तीर
फल्छ भीर भीर
रसिलो त्यो आहा!
क्या! दामीको वाह।।
सुन सुन साथी
ऐसेलु छ जाति
हरि सीता रम्भा
सबै हौँ है जम्मा।
हिँड खोज्न जाउँ
बाँडीचुुँडी खाउँ
मौसमी यो फल
यस्ले लाग्छ बल।





