
अन्जु शर्मा
रातोपुल
“आमा! हजुर कहिले थाक्नु हुन्न ? अनि हजुरलाई कहिले रिस पनि उठ्दैन ?” छोरीले सोधिन्।
“हँ! आज किन यस्तो प्रश्न गर्यौ ?” आमाले प्रतिप्रश्न गरिन्।
“यत्रो ठूलो परिवार छ। सबैको सेवा गर्नुहुन्छ , घरको काम एक्लै गर्नुहुन्छ , अफिस जानु हुन्छ। फेरि किन हजुरलाई घरका अरू सदस्यले टोकसो गर्नुहुन्छ ? वहाँहरूले पनि सहयोग गर्नुपर्ने हैन र ?”
“नानी! हेर त सूर्य । सूर्य त एक्लै छ। तरपनि उ रातदिन आफ्नो कर्तब्यमा खटेकै छ। तिमीले थाहा पाएसम्म सूर्य नउँदाएको दिन छ ? छैन नि हैन ! बनस्पति र प्राणी जगतलाई जीवित राख्न सूर्य बीना हुँदैहुँदैन । तैपनि आज घाम कडा छ, आज किन घामै लागेन ? जस्ता अप्राकृत कुरा गरेर सूर्यलाई पनि अपजस लगाउन पछि पर्दैन मान्छे। त्यसैले कसले के भन्छ भन्दापनि ,मैले के कर्म गरेँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।”





