“कान्छु”

पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६, दाेलखा

मिठाे मिठाे खानदिए, खपाखप खान्छु,
राम्रा नाना किनिदिए, चट्टपरी लाउँछु।
आमाकाे गाला ओठ, बाकाे कान तान्छु,
सबैजना माया गर्छन्, म त घरकाे कान्छु ।

चुलबुले चञ्चले छु, यता उता जान्छु,
भात पकाई खेल खेली, पानी दाल झान्छु।
छेस्काकाे घर बनाइ, लहराले बान्छु,
सबैजना माया गर्छन्, म त घरकाे कान्छु ।

आफूसँग कुरा मिल्ने, राम्रा साथी छान्छु,
दाइकाे ढाड मादल, ताल ताल हान्छु ।
सक्ने काम अराउनुस्, खुरूखुरू मान्छु,
सबैजना माया गर्छन्, म त घरकाे कान्छु ।

कहिले कहाँ कैले कहाँ, सबै काख जान्छु,
म्याँ म्याँ गर्ने मनेलाई, घुमाउन लान्छु ।
काेही छैनन् परचक्री, सबलाई आफ्नाे ठान्छु,
सबै जना माया गर्छन्, म त घरकाे कान्छु ।