“कामधेनु भए”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

इच्छा पनि कस्ताे कस्ताे लाग्दाे रैछ साथी
इच्छाधीन बन्न पाए हुन्थ्यो निकै जाति?

आकाशमा चरासँगै उड्ने मन लाग्छ
बादलका टुक्रासँगै खेल्ने मन जाग्छ।

साथीसँगी बनाएर तारा अनि जून
सुनाउने मन लाग्छ बाँसुरीकाे धुन।

कैले लाग्छ माहुरीकाे साथी बनी डुलूँ
कैले लाग्छ पुतलीकाे साथ सँगै भुलूँ।

मीठाे लाग्छ कुहुकुहु गीत काेकिलकाे
सिकाे गरूँ गरूँ लाग्छ नाँच मयुरीकाे।

कलकल खाेला जस्तै बग्न पाए पनि
समुद्रमा पुग्न पाएँ हुन्थे भाग्यमानी।

नाता गाँस्न पाए हुन्थ्यो हिमालकाे साथ
बन्न पाए पनि हुन्थ्याे पूर्णिमाकाे रात।

घाम जस्तै घमाइलाे हुन पाए देखि
छर्थे हाेला मैले पनि किरणकाे रेखी।

सप्तरङ्गी इन्द्रेणीकाे साथ पाए मैले
सजाएर राखिदिन्थें धरती याे जैले।

इच्छा पूरा गरिदिन्थें कामधेनु भए
इच्छा मात्रै भयाे मेराे केटाकेटी भएँ।