“किसान”


सरिता पराजुली
चन्द्रागिरि-१५,काठमाडाैं

वसन्त या वर्षा ऋतु
छुट्याउन गाह्राे
बर्सिएर पानी धेरै
भयाे रे चटाराे।

किसानले खेतबारी
खन जाेत गरी
चिरिच्याट्ट पारे मेलाे
बिउ बिजन छरी।

माटाेसँग नाता जाेड्ने
माटाेमै रमाउने
खनी खाेस्री सधैंभरि
धर्ती सजाउने ।

हँसिला र रसिला छन्
छैन रिस राग
लाग्छ उनकाे जीवन नै
सुन्दर हाे वाग।

मेहनत गर्नुपर्छ
अन्न फलाउन
किसानबाट सिक्नुपर्छ
जीवन चलाउन।