कृष्णप्रेम

s[i0f hGdfi6dL–nlntk'/ nlntk'/, # ebf} . s[i0f hGdfi6dLsf lbg nlntk'/ dªunahf/df /x]sf] @! uh'/ ePsf] dlGb/df eQmhgx? bz{g ug{ nfOg nfUb} . t:jL/ M /fdnfn >]i7, /f;;

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २, गुल्मी

पूजासामग्री हातमा लिएर आँगनमा उभिएकी राधालाई देख्नासाथ रूक्मिणी तल ओर्लिदै भनिन् -“हैन राधा सातै बजे मन्दिरमा जाने भनेकाे निकै अबेर पाे गर्याै त।”
राधा -“के गर्नु छिटाे गर्न त खाेजेकै हाे। साडी लगाउन खाेज्दा ढिलाे भाे। जे हुनु भैहाल्याे। अब हिडी हालाैं। मन्दिरमा लामै लाइन भइसके हाेला।”
नभन्दै मन्दिरमा निकै लामाे लाइन भैसकेको थियाे। दुई घण्टाकाे पर्खाइमा उनीहरूकाे पालाे आयाे। दुबैजनाले पूजापाठ गरी आँखा चिम्लेर मनमनै भगवानसँग वरदान मागे।
घरफर्कने क्रममा बाटो छेऊकाे चाैताराेमा बस्दै राधाले भनिन् – “भगवानसँग के वरदान माग्याै त रूक्मिणी?” रूक्मिणीले प्रतिप्रश्न गरिन् – “पहिला तिमीले नै भन न राधा!”
दुबैजनामा भगवानसँग मागेकाे वरदान एकअर्कालाई सुनाउने विषयमा हानथाप भयाे। अन्तिममा राधाले प्रस्ताव राखिन् -” दुबैले आ-आफ्नो हातमा लेखेर देखाऊँ न त।”
राधाकाे प्रस्तावलाई रूक्मिणीले स्वीकार गरिन्।
दुबैले आ- आफ्ना हतामा लेखेकाे कुरा देखाए – “कृष्णलाई पति पाऊँ।”