“कोही न कोही उठौँ”

Multiethnic group of people cooperating for environmental protection and sustainability in a park: they are supporting earth together, recycling waste, growing plants and choosing renewable energy resources

भगवती प्रासाद शर्मा

छन्द -प्रभात

अन्याय धेरै भयो सपार्न छोरा उठ।
नेपाल रोगी भयो समाल्न छोरी उठ।।
जान्ने र बुझ्ने जुटौँ बुझाइ राम्रो सब।
कोही न कोही उठौँ हुँदैन यस्तो अब।।

गैंती र बेल्चा लिई किसान ज्यामी उठ।
सञ्चारकर्मी सबै विचार बोकी उठ।।
नेपाल नेपाल होस् हुँदैन सिंगापुर।
कोही न कोही उठौँ लिनैँछ आफ्नो भर।।

खोला र नालासँगै हिमाल धेरै थिए।
लाठे युवाले यहाँ विचार आफ्ना दिए।।
नेपाल हाम्रो धनी सदैव बन्ने थियो।
कोही न कोही उठौँ मिलेर बालौँ दियो ।।

यो बुद्धको देश हो सधैँ उज्यालो दिने।
यो शैवको देश हो विषालु खाई दिने।।
आदर्श सीता यहीँ रहेर जोती दिने।
पाखा पखेरा यहीँ खनेर मोती दिने।।

बाँडेर खाने थियौँ गरेर खाने थियौँ।
छाती उठेको थियो इमान राख्ने थियौँ।।
नेपाल यौटा मियो अचेल रुन्चे भयो।
कोही न कोही उठौँ मिलेर बालौँ दियो ।।

आओस् उज्यालो घुमी प्रभाव आफ्नो दिनूँ।
जाओस् अँध्यारो सबै प्रभात ल्याई दिनूँ।।
हाम्रा युवा हो उठौँन त्याग्नु अल्छी थियो।
कोही न कोही उठौँ मिलेर बालौँ दियो ।।