“खुसी”

109

विष्णु भण्डारी आचार्य
बेलबारी मोरङ

पवित्रालाई गरिवीले कहिल्यै साथ छोडेन।मिठो खान ,एक आङ सामान्य लुगा फेर्न चाड पर्खनुपर्थ्याे,त्यो पनि मुश्किलले ।
अरुको मेलापात नगरी गुजारा चले पो । तर पनि उसको अनुहारमा हरपल खुसीका गुलाफ फुलिरहेकाे देखिन्थ्याे ।
गाउँटोलमा तिजको उत्सव हुन्थ्यो,टोलछिमेकका दिदी बहिनीहरु फेसनेवल गहना र सारीचोलोमा सजिसजाउ भएर रमाइलो गर्थे ।

ऊ बिना गहना सामान्य पहिरनमा सार मिलाउँथी ।
आफू हासका बथानमा बकुल्लाझैँ भएपनि केही फिक्रि लिन्नथिई ।
उसलेआफु कमजोर भएको एकरत्ति महशुस गरेकी थिइन ।
मेलापात जादा पनि साथीहरु अर्कोको कुरा काटेर अघाउदैनथिए ।
“मेरो छोरो यतिबेला त तोतेबाेलीमा गीत गाउन थालेकोछ ,छोरी अहिले चार पुगेर पाँच लागी,कुचो लिएर भित्रबाहिर सबैतिर कस्तो राम्रेा बढार्छे ।”
यस्तै कुरा गर्थी,अरु उडाउथे उसलाई ।
मेलामा साथीहरुले आआफ्ना जेठानीदेउरानीका कुरा काटिरहेका थिए ,कोही सासूका ,कोही छिमेकीका,
कसैका कुराको परवाह नगरि ऊ अघिदेखि हासिरहेकी थिई ।
सबै साथीहरुले उल्याए उसलाई ।
“पवित्रालाई हाइसञ्चो छ,कसैसँग गुनासो पनि छैन मतलव नि छैन ।”एउटीले प्याच्च भनीआली ।
“तर आज अरु दिनभन्दा पनि खुसी देखिएकी छौ त पबित्रा ।”अर्कीले थपी ।
“ हो म आज धेरै खुसी छु ।”
“किन ,आज चैँ छोराले के गरो ?”गलल्ल हासे सबै ।
सेता दाँत टल्काउदै खुसीले झुसी भएको बोली निकाली पबित्राले ,“हेर न आज हाम्री घरकी पाङ्ग्रीले उजस्तै पाँचओटा गुथुमुने छाउरा पाइछे ।