“खुसी”

104

शान्ता तिम्सिना

” ओहो ! हजुरले गल्ती गर्नु भएछ नि !” कन्यार्थमा आएका प्रमोदले आपत्ती जनाए।
अघिल्लो दिनमात्र आफ्नी छोरी माग्न आएका शंकरलाई फर्काएका थिए, उनले ।
“एकदमै सम्पन्न , शिक्षित र इमान्दार परिवार थियो । करोडौंको बैक ब्यालेन्स , राजधानीमा तीन चार वटा घर , त्यसमाथि सरकारी जागिर । ” ठुलै प्रलोभन देखाए उनले ।
पढाई सकेर मात्र छोरीको बिवाह गर्ने इच्छा सुनाए भास्करले ।
“छोरीलाई जस्तै व्यवहार गर्छन् , केही चिन्ता लिनु पर्दैन , जति पढे पनि पढाउछु भनेका छन्।” प्रमोदले कुरा थप्दै गए ।
उनको कुरा ठिकै लाग्यो। गहिरिएर सोचे,” आफ्नो हैसियत मिल्नेसँग नै सम्बन्ध गाँस्नु पर्छ। यो घरमा छोरीले धेरै सुख पाउछे । ” सम्बन्ध गास्ने कुरामा राजी भए । कुरा अगाडि बढाउदै थिए उनीहरुले ।
बाबाको निर्णय सुनेर साहसले भनी ” बाबा, अर्काको घरमा त्यति सजज हुँदैन नि! यहाँको पढाइ पूरा गर्छु, उच्च शिक्षा हासिल गर्न विदेश जान्छु , आफ्नो खुट्टामा उभिने भएर जननी र जन्मभुमीको लागि केही गर्छु , मेरो चिन्ता नलिनु ।”
” तिमीले केही गर्नै पर्दैन छोरी! करोडौँका मालिक रहेछन् उनीहरु ।
ध्यान दिनुस् बाबा ! ” हजुरको करोडौँ सम्पत्तीले आमालाई कति खुसी दिएको छ ?”