´
गणेश दवाडी
लेटाङ -९मोरङ
हतोत्साहित गर्न हुन्न छात्र छात्रालाई
उत्साहित पार्नुपर्छ मात्र यिनलाई ।
सिकाइमा प्रेरणा नै उत्तम हुन्छ साथी
हप्काउने दप्काउने हुन्छ त्यो नजाती
हरपल माथि राख्नुपर्छ छात्र छात्रालाई
सादर अनुरोध मेरो सबै मित्रलाई ।
अबोध ती बच्चालाई कडा शासन भित्र
राख्दा बिद्रोही पो बन्छन् खै बुझेको मित्र
हौसला त छँदै छैन हुन् यी साथिभाइ
खै बुझेको कुरो हजुर कस्तो हो ठम्याइ ।
निराश हुन्छन् बच्चा बच्ची खाली हकारेर
वृद्धि विकास सुस्त पार्नु हुन्न झपारेर
सिकाइको सिद्धान्तका आधार समाई
उत्प्रेरित पारौँ बच्चा सिकुन् खुब रमाई ।
अन्तर निहित प्रतिभाको पहिचान गरी
नयाँ नौला बिउ बिजन मेहनतले छरी
कक्षाकोठा उर्वर होऊन् हेरौँ बाली झुलाई
चेहरामा मुस्कान छरौँ सुन्दर फूल फुलाई।