“गाउँ देऊ”

गाउँ खाने बाल कविता


पुण्यप्रसाद घिमिरे
दोलखा

बार्ह छोरा, तेह्र नाति,
एउटा छाता, शिर माथि।
भन उत्तर, के हो साथी,
बुझ कर्कलो, फूल न पाती।
बाह्र लाटा, तीन बाठा,
एकै घर, जोड्छन् नाता।
गाउँ देऊ, कस्छु पाता,
समय भन्ने घडी माता।
फूल्दा चाँदी, फल्दा सून,
टिप्न गाह्रो, खाँदा गुन।
छिटो भन, नाउँ कुन,
ऐँसेलु त्यो उत्तर सुन।
ताछ्दै लगे मोटाउँछ,
काट्दै लगे लामा हुन्छ।
गाउँ देऊ बाटै थुन्छ,
खाडल त्यो गाडिदिन्छ।