“गार्हाे छ”


पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६, दाेलखा

गाई गाेठमा,~~ बाँ बाँ गर्दछ ।
बाख्रा खाेरमा,~ म्याँ म्याँ गर्दछ।
भाइ काेक्रामा, च्याँ च्याँ गर्दछ,
खाना मागेर,~ ठ्याँ ठ्याँ गर्दछ।

देख्छु संसार, किन भिन्न छ,
कतै रमझम, कतै खिन्न छ।
भन्न सजिलाे, ~गर्न गाराे छ,
हाडे ओखर, ~फाेर्न साराे छ।

हेरूँ कि छाेडूँ ~ पढूँ कसरी,
चुली पाईला, ~चढूँ कसरी।
हाल संझदा, ~लाग्छ उराठ,
अर्ती राम्राे छ, ~ छैन खराब।

बाबा बिदेश, आमा मेलामा,
एक्लाे पर्छु म, बेला बेलामा
भन्छन् बालक, भाेलि चालक
सार्है गार्हाे छ, भन्छन् पालक।