
अन्जु शर्मा
रातोपुल
“पूजारी बा! तपाईँकी छोरी सबै कुरामा अब्बल छिन्। खेलकुद ,हाजिरी जबाफ ,साहित्य गोष्ठी ,आदिमा। यसपालिको अन्तिम परीक्षामा प्रथम नै होलिन्। तर छोरा चाहिँ अलि बेगारी छ। पढ्न त पटक्कै मन गर्दैन। यसलाई अलि ध्यान दिनुपर्यो। नत्र फेल नै हुुनसक्छ।” मास्टर बाबुले भन्नुभयो।
“आफ्नो माल कम्जोर छ। अर्काको माल राम्रो भएर के गर्नु ?” पूजारीले थाप्लोमा हात राखेर सूइय सुस्केरा हाले।
“सुनिहाल्नुभो नि सर ! हाम्रा बाको कुरा। बा मात्रै कहाँ हो र आमालाई पनि छोरालाई काम लगाउनु हुन्न भन्ने छ।अलिअलि उसलाई पनि काम लगाउने हो भने समयको सदुपयोग गर्दै उसले पनि पढाइमा राम्रो गर्थियो। मैले पनि अलिक फुर्सद पाएर अझै बढी सफल हुन्थे। क्यार्नु! यो समयमा पनि हाम्रा बा आमाले छोरी र छोरमा समनता नदेख्नु हामी जस्ता छोरीको दुर्भाग्य नै त होला ! “स्निताले गुनासो पोखिन्।





