श्यामप्रसाद श्रेष्ठ
हेटौडा,चौघडा
एक ब्यक्तिको पछाडी पछाडी केही मानिसहरु हिँडिरहेको थियो। उसलाई बाटोमा हिँडने अधिकाँसले नमस्कार गर्दथ्यो। यो सबै हेरिरहेको एक बालकले आफ्नो बाबालाई सोध्यो,”बाबा बाबा ! त्यो मान्छे को ?”
” बाबू !त्यो गोठालो हो” त्यो मान्छे बाटोको छेउमा रहेको घर भित्र पसेको देखेर बालक बोल्यो,” बाबा! अनि त्यो दरबार जत्रो घर चाहिँ कस्को हो?”
” बाबू ! त्यो घर त्यही गोठालोको नै हो।”
एकै छिनमा त्यो मान्छे घर बाहिर निस्क्यो र बाटोको छेउमा रोकाईरहेको गाडिमा चढेको देखेर त्यो बालकले सोध्यो ,”बाबा अनि त्यो गाडी कस्को हो?
“त्यो गाडी पनि त्यही गोठालोको नै हो।”
“बाबा बाबा !हाम्रो गाउँको गोठालो कति दुब्लो पातलो अनि यो चाहिँ कति मोटो ? पेट पनि घ्याम्पो जत्रो छ,अनि धनी पनि कति धेरै , कसरी?”
“बाबू त्यो गाउँको दुब्लो पातलो पशुको गोठालो हो,त्यसले भर पेट पनि कहिले खान पाउँदैन ,त्यसले पशुले खाने कुरा केही पनि खाँदैन,तर यो जनताको गोठालो हो।यसको काम नै हसुर्ने मात्र हो ,यसले जनतालाई केही खान दिँदैन ,खान हुने नहुने सबै यसले लुटेर,चोरेर,देख्ने गरि,नदेख्ने गरि सबै आफ्नो कब्जामा पार्दछ ,यसैले यो मोटो छ,अनि यसको सम्पति पनि अकुत छ।”